कांग्रेस सभापति देउवासहितका शीर्ष नेता चितवन जादैँ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहिका शीर्ष नेताहरू आज चितवन जाँदै छन् ।
दिवंगत नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सहभागी हुन कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितका नेताहरु चितवन जानलागेका हुन् ।
रानाभाटकै निवास रत्ननगर १४ लौरीघोलमा हुने कार्यक्रम हुनेछन् । पूर्वसांसद रानाभाटको फागुन १० गते उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको थियो ।
नेपाली कांग्रेस चितवन क्षेत्र नं. २ बाट रानाभाट २०६५ मा प्रतिनिधिसभामा निर्वाचित बनेका थिए । उनी काँग्रेस चितवनका पूर्वसचिव, सुकुमबासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षसमेत भएका थिए ।