Logo
४ भाद्र २०८२, बुधबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँग वार्ताका लागि विप्लव समुहद्वारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्नका लागि दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेकोहो ।

चन्द समूह स्रोतका अनुसार सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिएको भएपनि आज विज्ञप्ती जारी गर्दै वार्ता टोली गटनको जानकारी गरएको हो ।

वार्ताका लागि जेलमा रहेका नेता कार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने पहिलो सर्त रहेको चन्द समूहका एक नेताले बताए । त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनले बताए ।

आज मंगलबार दिउँसो सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गरेका थिए ।

मंगलबार नै सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई सहित दुई सदस्यीय वार्ता टोली गठन गरेको छ ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्