Logo
४ कार्तिक २०७८, बिहीबार
(March 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता बनिन् रश्मि शाक्य

सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ की विजेता ललितपुरकी रश्मि शाक्य भएकी छन् ।

ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरे । २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप भइन् भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन् ।

प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भइन् भने उनले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भएकी हुन् ।

विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरेकी छन् ।

फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरीन् ।

थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भइन् भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भइन् ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस्ता प्रतियोगिताले महिलाको सौन्दर्यका साथै आत्मविश्वास दिलाउने विश्वास व्यक्त गरीन् ।

उनले कार्यक्रम हेरेर महिलाका अधिकारका लागि लड्ने संस्थाले यस्ता कार्यक्रममा महिला सहभागितालाई बढी जोड दिनुपर्ने आवश्यकता औल्याइन् ।

अध्यक्ष पराजुलीले आगामी दिनमा यस्ता कार्यक्रमसँग हातेमालो गर्दै अझ सशक्तरुपमा महिलालाई जनचेतना तथा अधिकारका बारेमा सचेतना फैलाउन सकिने बताइन् ।

उनले भनिन्,“भोलिका दिनमा यस्ता संस्थासँग महिला अधिकारका लागि सहकार्य गरेर अगाडि बढ्ने आयोगको पनि सोचाइ छ ।”

प्रतियोगितामा सृजना थापाले डिसिप्लेन, सजिता रेग्मी कन्फिडेन्ट, लक्ष्मी राणा लोयल, सुनिता केसी पपुलर, अञ्जु क्षेत्री फोटोजेनिक, रेनु रायमाझी फ्रेन्डली उपाधि जितेका छन् ।

त्यस्तै, निरु सिंह इनोसेन्ट, लक्ष्मी घिमिरे हम्बल, लक्ष्मी अर्यालले मिसेज बब्ली, सृजना अधिकारी ब्युटिफुल, सुस्मा रिसाल सुवेदीले मिसेज इनरजेटिक, चन्द्रकला रायले मिसेज इन्थुज्यनटिक, लक्ष्मी महर्जन कोटियोर्स, पनिता कार्की अनेष्ट, सरस्वती अचार्य गौतमले मिसेज हार्डओर्किङ र सुन्नीमा लम्साल मिसेज ब्रेभ एन्ड बोल्ड अवार्ड प्राप्त गरेका छन् ।

कार्यक्रममा निर्णायक मण्डलमा ब्युटी प्याजेन्ट एसोसिएशन नेपालका अध्यक्ष गोपाललाल कक्षपति, वरिष्ठ सौन्दर्यविद् सीता न्यौपाने पाठक, आयाम इन्टरनेशनल कलेजका अध्यक्ष तथा प्रिन्सिपल कृष्णचन्द्र झा, वरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, अक्षरा स्कूलकी डाइरेक्टर प्रिन्सिपल अञ्जु भट्टराई, सञ्चारकर्मी अनिता विन्दु, प्रदेश नं १ आनका अध्यक्ष पवन अधिकारी र मिसेज ब्युटी क्विन २०१८ की विजेता सुदीक्षा आचार्य रहेकी मिडियाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रकाशित मिति: Mar 2, 2021

प्रतिक्रिया दिनुहोस्