Logo
१ आश्विन २०८२, बुधबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीको कुर्सीमा बसेर दम्भ र हठ प्रदर्शन गर्न मिल्दैन : डा.भट्टराई

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराइले प्रधानमन्त्रीको कुर्सीमा बसेर म कसैलाई टेर्दिनॅ,जानेको र सकेको गर भन्ने दम्भ/हठ प्रदर्शन गर्न नमिल्ने बताएका छन् ।

भट्टराइले ट्वीटमार्फत प्रधानमन्त्रीको कुर्सीमा बसेर जानेको सकेको गर, म कसैलाई टेर्दिन भनेर हठ गर्न नहुने बताएका हुन् । स्वास्थ्योपचारमा दिल्लीमा रहेका भएका भट्टराइले हलो अड्काएर गोरू चुट्नु कुनै पौरख नभएको टिप्पणी गरे भएको हो ।

उनले टिव्टरमा लेख्नु भएको छ, ‘बिगार्न जसले पनि सक्छ, सपार्ने पो नेता ।’नेता भट्टराइले अदालतको फैसलाले सबैलाई गम्भीर बनेर संकटमोचन गर्ने अवसर दिएको तर्क गरे ।

प्रधानमन्त्री ओलीले पुस ५ गते विघटन भएको संसद पुनस्थापना भएपछि प्रधानमन्त्रीको कुर्सीबाट राजिनामा नदिने, तर सकेको गर्न दाहाल-नेपाल समूहलाई चुनौती दिँदै आएका छन् ।

अबको राजनीतिक निकास खोज्ने मुख्य जिम्मा प्रधानमन्त्रीको भएको भन्दै भट्टराइले अतिले खति गर्ने उल्लेख गरेका छन् ।

 

 

 

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्