अन्तत नेता रघुजी पन्तले कमल वलीसगँ मागे माफी
राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा दिएको टिप्पणीबारे नेकपा दाहाल नेपाल समूहका नेता रघुजी पन्तले माफी मागेका छन् । उनले
उनले इमेजसँग कुरा गर्दै नेता पन्तले आफूले नराम्रो आशयले नबोलेको भन्दै बलीलाई फोन गरेर समेत माफी मागिसकेको बताएका छन् ।
उनले भने, ‘मैले केही शब्द प्रयोग नगर्नुपथ्यो, पछि भिडियो हेर्दा र साथीहरुले भनेपछि महसुस गरे, माफी पनि मागे ।’‘मेरो मुखबाट निस्केको केही शब्दले उँहालाई जुन चोट पुग्न गयो त्यसको दुख व्यत्त गर्छु’, उनले भने ‘मेरो आशय त्यस्तो थिएन, त्यसको लागि माफी माग्छु ।’
राजनीति गर्नेले केही बोल्दा विचार गर्नुपर्ने भन्दै बोलेका कुरा गलत भए बोलिसकेपछि पनि सच्याउनुपर्ने तर्क पन्तको छ। त्यसैअनुसार आफुले वलीसँग माफी मागेको पन्तले बताए ।
लोकतन्त्रमा बोल्न पाइने तर आफुले बोलेका कुराले कसैलाई चोट पर्छ भन्ने सच्याउन सक्नुपर्ने उनको भनाई छ । उनले भने, ‘आफुलाई सच्याउनका लागि सरी भन्दा केही फरक पर्दैन, सरी भन्दैमा कोही सानो हुदैन, सरी भन्दा लोकतान्त्रिक संस्कार देखिन्छ ।’
भिडियो इडिट गरेर आफुलाई चित्त नबुझेको मान्छेका बारेमा भिडियो राख्ने संस्कार बढेको पनि उनको भनाई छ । तर आफुले बोलेको केही शब्दले आफुलाई नै असहज महसुस भएको उनले बताए ।
एक अर्को प्रसंगमा नेता पन्तले प्रधानमन्त्रीले आफुले गरेको गल्ती स्वीकार गदै माफी माग्नुपर्ने बताएका छन् । सर्वोच्चले असंवैधानिक ठहर गरेपछि राजिनामा दिनु उपयुत्त भएको बताउदै उनले माधव, प्रचण्ड भएको भएपनि आफुले राजीनामा माग्ने दावी गरे ।इमेज खबर