Logo
२३ भाद्र २०८२, सोमबार
(March 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने दाहाल-नेपाल समूहको निर्णय

विभाजित नेकपा दाहाल-नेपाल समूहले तत्कालै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

साथै दाहाल-नेपाल समूहको बैठकले तत्काल पार्टीको आधिकारिकता निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।

आज बसेको दाहाल-नेपाल समूहको सचिवालय बैठकले पार्टीको आधिकारिकता निरुपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन आग्रह गर्ने निर्णय गरेको हो ।

भोलि नै बैठक आह्वान हुनसक्ने दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दाहाल-नेपाल समूहले आधिकारिकता निरूपण नहुँदा कानुनी उल्झन खडा भएको भन्दै छिनोफानो गरिदिन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराउने भएको हो ।

ठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र ‍औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति: Mar 1, 2021

प्रतिक्रिया दिनुहोस्