Logo
७ बैशाख २०८१, शुक्रबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूलाई ‘सत्ताच्यूत’ गर्न प्रचण्ड-नेपाललाई ओलीले झापाबाट दिए चुनौती !

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्।

झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती दिएका हुन्।

उनले यसअघि पनि अविश्वासको प्रस्ताव आएको तर, जतनामा गएर बहुमत ल्याएको भन्दै अब दुईतिहाइ ल्याउने दाबी गरे। ‘केपी ओलीलाई हटाएर हेर्नुस्। अविश्वासको प्रस्ताव राख्नुस्’, ओलीले भने, ‘हटाउन सक्नु भयो भने जनताबाट दुई तिहाइ लिएर आइन्छ। सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुन:स्थापना गरे झै हटाउनुस्।’

ओलीले लोकतन्त्रलाई तलमाथि गर्न नदिइने भन्दै संविधान समय अनुसार परिमार्जन हुने तर भावना तलमाथि हुन नदिने बताए। ओलीले आफूले जीवनभर मुद्दा लडेको र सँधै हार्दै आएको स्मरण गरे। उनले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्चबाट बदर भएपनि आफूलाई कुनै फरक नपरेको दाबाी गरे।

प्रचण्ड–नेपाल पक्षको ध्यान नै पदमा मात्र भएको उनको टिप्पणी छ। ‘ध्यान नै पदमा छ। अन्त छैन’, ओलीले भने, ‘उहाँहरुको तीन वटा कुरामा ध्यान छ। पैसा, पद र परिवारबाहेक केहीमा छैन।’

ओलीले प्रतिनिधि सभा पुन:स्थापनाको फैसला आएपछि लड्डु खाँदै माधव नेपालले हिन्दीमा कसलाई फोन गरेको भनि प्रश्न गरे।

‘खाली मलाई चाहियो मलाई चाहियो मात्र भन्याछ।त्यो पनि हाताहाति’, ओलीले भने, ‘लड्डु खुवाउँदै गर्दा आवाज सुनिन्छ हिन्दीमा बहुत बहुत धन्यवाद भनेको सुनिन्छ। कसलाई भनेको हो थाहा छैन।’

प्रकाशित मिति: Feb 28, 2021

प्रतिक्रिया दिनुहोस्