Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्चको फैसला विवादित छ, यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन : महेश बस्नेत

नेकपाको ओली समूहका नेता महेश बस्नेतलेबुधवार राष्ट्रिय युवा संघको भेलालाई काठमाडौँमा सम्बोधन गर्दै सर्वोच्चको फैसला जनताको भावनाअनुसारको नआएको बताएका छन्  ।

नेता बस्नतेले अदालतले प्रधानमन्त्री ओलीलाई हराएपनि नेपाली जनताले जिताउने बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन गर्ने सर्वोच्च अदालतको फैसला विवादित रहेको बताएका छन्।

नेता बस्नेतले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रि पद्धतिलाई स्वीकार नगर्ने बताए ।उनले आफूहरु अदालतको फैसला स्वीकार गर्ने र कार्यान्वयन गर्ने बताए।

उनले भने, ‘सर्वोच्च अदालते अहिले हामीलाई हराएको जस्तो देखिएको छ। सर्वोच्चले मनमहोन अधिकारीलाई पनि हराएको थियो, तर मनमहोन नेपालको राजनीतिबाट कहिल्यै हारेनन्, नेपाली जनताको मनबाट कहिल्यै हराएनन्।’

उनले भने, ‘आज केपी ओली कमरेडले हारेको जस्तो देखिएको छ तर, अदालतको यो फैसला विवादित फैसला हो। सर्वोच्चको फैसला जनताको भावनाअनुसारको फैसला होइन, यसले लोकतान्त्रि पद्धतिलाई स्वीकार गर्दैन।’

 

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्