Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड, माधव र देउवाबीच छलफल : ओलीलाई प्रधानमन्त्रीबाट कसरी हटाउने ?

सरकारको सिफारिसमा राष्ट्रपतिद्वार विघटन गरिएको प्रतिनिधिसभा लाई सर्वोच्च अदालतले पुर्नस्थापना गरिदिएपनि प्रधानमन्त्री केपि शर्मा ओलीलाई पदबाट कसरी हटाउने भन्नेबारे छलफलका लागि नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुनेभएको छ ।

प्रतिनिधिसभा विघटनको कदम बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिबारे नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली कांग्रेसको शीर्ष नेतृत्वबीच आज छलफल हुने भएको छ ।

विभाजित नेकपाका अध्यक्षद्वय ‘प्रचण्ड’, नेपाल र कांग्रेस सभापति देउवाबीच भेटवार्ता तय भएको हो । चितवनमा रहेका प्रचण्ड र नेपाल काठमाडौं फर्कनासाथ छलफल तय भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

‘संसद पुनःस्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेबारे टेलिफोन संवाद भइसकेको भए पनि आज भेटेरै छलफल हुन लागेको हो’, देउवानिकट एक नेताले भने ।

तिनैजना नेताहरुबीच आजै दिउसो बस्ने तय भएको छ, उनले भने सायद कांग्रेस कार्यलयमै उक्त बैठक बसिने छ ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्