Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं फर्किए प्रचण्ड-माधव

नेकपाको दाहाल-नेपाल समूहले चितवनमा बुधवार आयोजना गर्ने सभालाई सम्बोधन नगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल काठमाडौं फर्किएका छन् ।

सर्वोच्च अदालतले मङ्गलवार प्रतिनिधिसभा विघटनको मुद्दा बदर गरेपछि प्रचण्ड माधव समूहले आज देशभर विजयसभा गर्दै छ ।काठमाडौँको शान्तिबाटिकामा आयोजना गरिन लागेको विजयसभामा सहभागी हुन दाहाल र नेपाल काठमाडौं फर्किएका हुन् ।

बुधवारको सभालाई सम्बोधन गर्न मङ्गलवार चितवन पुगेका प्रचण्ड नेपाल सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै काठमाडौं फर्किएका हुन् ।

आजै दाहाल नेपाल समूहले पार्टी कार्यालय पेरिसडाँडामा संसदीय बैठक पनि बोलाएको छ । संसद् बैठकमा आगामी कार्यक्रमका लागि महत्त्वपूर्ण छलफल हुने बताइएको छ ।

प्रचण्ड माधव आज बिहान १०ः४५ बजे बुद्ध एयरमार्फत काठमाडौं आएका हुन् । चितवनको सभालाई पूर्वमन्त्री सुरेन्द्र पाण्डेलगायतका नेताले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्