Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाधिवेशन पूर्वनिर्धारित कार्यक्रम अनुुुसार हुन्छ, युद्धस्तरमा काम थाल्नुस् : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि पार्टीको महाधिवेशन सुनिश्चित भएको बताएका छन् ।

थापाले प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि राप्रपाको महाधिवेशन सुनिश्चित भएको बताउँदै महाधिवेशनका लागि युद्धस्तरमा काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार ट्विट गर्दै थापाले महाधिवेशनका लागि तयारी रहन पार्टीका सबै तहका निकाय र साथीहरुलाई आह्वान समेत गरेका छन् ।राप्रपाको महाधिवेशन २०७८ बैशाख २५ २८ काठमाडौंमा हुने तय भएको छ ।

थापाले भने ‘प्रतिनिधिसभा विघटन सम्वन्धि विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ। पूर्वनिर्धारित कार्यक्रम अनुसार राप्रपाको महाधिवेशन २०७८ बैशाख २५-२८ काठमाडौंमा हुनेछ।एकता महाधिवेशनको निम्ति युद्धस्तरमा तयारीगर्न पार्टीका सबैतहका निकाय र साथीहरुलाई आह्वान गर्दछु।’

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्