Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तत्काल पार्टी सचिवालयको बैठक बोलाउन अध्यक्षद्वयलाई वामदेवको आग्रह

नेकपाका उपाध्यक्ष बामदेव गौतमले नेकपा अध्यक्षद्वयलाई तत्काल पार्टी सचिवालयको बैठक बोलाउन आग्रह गरेका छन् ।

गौतमले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दाहाललाई तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गरेका हुन् ।

गौतमले अध्यक्षद्वयलाई केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसद विघटन बदर भएपछिको परिस्थितिबारे छलफल गर्न गौतमले सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्वाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु ।’ गौतमले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न र प्रधानमन्त्री केपी शर्मा ओलीलाई ढिला नगरी पदबाट राजीनामा दिन पनि सुझाव दिएका छन् ।

उनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको फैसलालाई ऐतिहासिक भनेका छन् ।उनले संसद विघटन बदर भएको दिनलाई निरंकुशता, स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको र संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टी विभाजित भएको अवस्थामा गौतम कुनै पनि पक्षमा नलागि तटस्थ रहेका थिए । उनले पार्टी एक हुनुपर्छ भन्दै कुनै पनि समूहमा नलागेको बताउँदै आएका थिए ।

 

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्