Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च अदालतको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सर्वोच्च अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका छन् ।

पोखरेलले संसद विघटनको विपक्षमा सर्वोच्चले फैसला गरेसँगै मंगलबार सामाजिक सञ्जालमा लेख्दै अदालतको निर्णय माने पनि सम्मान गर्न नसकिने बताएका हुन् ।

पोखरेलले सरकार संचालनमा गतिरोध सिर्जना भएपछि ताजा जनादेशका लागि जनतामा जाने प्रधानमन्त्रीको प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाएको आरोप लगाएका छन् ।

साथै अदालतको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउने पोखरेलको भनाइ रहेको छ । प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि मंगलबार सर्वोच्चले विघटनको विपक्षमा फैसला गरेपछि पोखरेलले यस्तो भनाइ आएको हो ।

उनले लेखेका छन् ”सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएकोछ ।सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ ।निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न”

 

 

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्