Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा दाहाल-नेपाल समूहले बोलायो संसदीय दलको बैठक

हिजो मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि नेकपा दाहाल-नेपाल समुहले आज संसदीय दलको बैठक बोलाएको छ ।

आज बुधबार अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको नेकपा दाहाल-नेपाल समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।यसअघि दाहाल नेपाल समूहले केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्