Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब दलबदल अध्यादेश आउँदै : ओलीले बोलाए स्थायी कमिटीको बैठक

सर्वोच्चको संवैधानिक इजलासले सरकारले संसद भङ्ग गरेको सिफारिसलाई बदर गर्दै संसद पुनर्स्थापना गरिदिएपछि अब दलबदल अध्यादेश आउने भएको छ ।

मन्त्रीपरिषदको निर्णयपछि सरकारले दलबदल अध्यादेश ल्याउन लागेको बालुवाटार श्रोतले जनाएको छ ।

कुनैपनी दलबाट निर्वाचित सांसद आफ्नो इच्छा अनुसार जुनैपनी दलमा जान पाउने र त्यति बेला उक्त निर्वाचित दलको ह्विप तथा कुनै कारवाही सिफारिस लागू नहुनेगरि अध्यादेश ल्याउन लागिएको स्रोतको दावी छ ।

यद्यपि दल बिभाजन सम्बन्धि रहेको कानूनमै त्यो प्रवधान राख्ने कि छुट्टै अध्यादेश ल्याउने उक्त प्रावधानबारे परामर्श जारी रहेको बताईएको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा रहको नेकपा स्थायी कमिटी बैठक डाकेका छन् । अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो ।

नेकपा अध्यक्ष समेत रहेका ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् ।

मंगलबार सर्वोच्च अदालतले ओलीको कदम असंवैधानिक ठहर गर्दै संसद पुनर्स्थापनाको फैसला गरेको थियो ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने भन्दै सार्वजनिक प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: Feb 24, 2021

प्रतिक्रिया दिनुहोस्