Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले तत्काल राजीनामा दिनुपर्छ, अर्को नौटंकी गरे उनको दुर्गती हुनेछ : प्रचण्ड

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी रहेको छ ।

प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाउँदै उक्त प्रतिकृया दिएका हुन् ।

अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

 

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्