Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फैसला स्वागतयोग्य, न्यायाधीशहरूलाई धन्यवाद : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिकृया दिएका छन् । उनले प्रतिनिधिसभा विघटन बदर गरेर सर्वोच्च अदालतले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताएका छन् ।

सभापति देउवाले संसद पुनःस्थापना गर्ने संवैधानिक इजलासका न्यायाधीशहरूलाई समेत उनले धन्यवाद ज्ञापन गरेका छन् । ट्वीटरमार्फत प्रतिक्रिया दिँदै सभापति देउवाले कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने जनाएका छन् ।

आफूले शुरूदेखि नै सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्ने बताएकोमा सर्वोच्चले सोही अनुसार नै फैसला गरेको देउवाले उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्