Logo
५ जेष्ठ २०८१, शनिबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक छ : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असफलता र स्वेच्छारिताको अन्त्यको लागि चुनाव आवश्यक रहेको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् ।

मकवानपुरको पदमपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्रधानमन्त्री ओलीको स्वेच्छाचारिता अन्त्य गर्नु अहिलेको आवश्यकता रहेको बताए ।

अध्यक्ष थापाले प्रतिनिधिसभा विघटनसम्बन्धी अस्पष्टता हटाउन सर्वोच्चले यसबारे थप व्याख्या दिनुपर्ने बताए । उनले राजनीतिक रूपमा शान्ति र स्थिरताको लागि निर्वाचनमा जानुको विकल्प नभएकाले सर्वोच्चको फैसला सबैले मान्नु पर्ने स्पस्ट पारे ।

अध्यक्ष थापाले नेपाली कांग्रेसले सत्ताका लागि अपवित्र गठबन्धन गरे जनतको नजरबाट खस्ने बताए । अध्यक्ष थापाले विगत१४ बर्षको राजनितीक रोडम्यापले निकास दिन नसक्ने भएकोले त्रुटिपूर्ण मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए ।

स्वाधिन, सबल र समुन्नत नेपाल निर्माणको सपना पूरा गर्न अब नयाँ ढंगले अघि बढ्नु पर्ने र निषेधको राजनीति परित्याग गर्नुपर्ने बताए ।

उनले भने, ‘विदेशीको भरिया बन्ने होइन, अब मौलिक किसिमको राज्यव्यवस्था र प्रणाली कायम गरौं, जुन सहमतिको आधारित होस् ।’

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएकोले त्यसको भारी बिसाउनुपर्ने अध्यक्ष थापाको भनाइ छ ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्