Logo
२५ असार २०८२, बुधबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल घोषणा गरे, राजेश हमालदेखि महाविर पुनसम्मले कार्यक्रम चलाउने

जनप्रिय सञ्चारकर्मी रवि लामिछानेले नयाँ टेलिभिजन च्यानल सञ्चालन गर्ने घोषणा गरेका छन् ।

नक्सालको एक होटलमा मंगलबार विशेष कार्यक्रम गरेर लामिछानेले ‘ग्यालेक्सी फोर के’ नामको टेलिभिजन च्यालन सञ्चालनको घोषणा गरेका हुन् ।

‘सीधा कुरा जनतासँग’ कार्यक्रम न्यूज २४ टेलिभिजनबाट सञ्चालन गरेर चर्चामा आएका लामिछाने केही समय पहिले सो टेलिभिजनबाट बाहिरिएका थिए ।

लामिछानेले घोषणा गरेको ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा रामायण, को बन्छ करोडपछिसहितका कार्यक्रम प्रशारण हुने जानकारी दिइएको छ । यस्तै कलाकार दीपकराज गिरीले क्राइम पेट्रोल कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी दिइएको छ ।

आफ्नो टेलिजिनमा सा रे ग म प सहितका फ्रेन्चाइज कार्यक्रमहरु पनि आउने लामिछानेले बताएका छन् ।

यस्तै महावीर पुनले आविश्कार नामक कार्यक्रम र रमेश प्रसाईले सामाजिक विषयमा केन्द्रित अन्तर्वार्ता मुलक कार्यक्रम लाल मोहर सञ्चालन गर्ने लामिछानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्