Logo
६ बैशाख २०८१, बिहीबार
(February 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

लुम्बिनी प्रदेश स्थित रुपन्देहीमा एक वर्षीया शिुशुको हत्या गरेको आरोपामा शिशुका आमाबाबुसहित ५ जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान २२ वर्षीय राजकुमार यादव र साथी लुम्बिनी सांस्कृतिक नगरपालिकाका २६ वर्षीय प्रदीप चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शिशुको शव आफन्तले खोलामा गाडेको खबर पाएपछि पुगेको प्रहरीले दानव खोलानजिकैबाट शव पनि निकालेको छ ।

शिशुको मृत्युपछि आत्महत्या गर्ने प्रयास गरेकी प्रेमालाई उनकी नन्दले डोरी काटेर बचाएको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएका छन् ।

बालिकाको घाँटीमा डोरीको दाग देखिएपछि शव पोष्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 23, 2021

प्रतिक्रिया दिनुहोस्