Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद विघटन असामान्य घटना, चुनावमा जान हामि तयार छौं : सीके राउत

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले राउतले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा रहेकोले त्यसप्रति अहिले केही नबोलेपनि संसद पुनःस्थापना नभए आफूहरू चुनावमा जान तयार रहेको बताएका छन् ।

राउतले नेपालमा अहिलेसम्म सबै व्यवस्था फेल हुँदै गएकाले जनता निराश भएको बताए । उनलेले संसद विघटनलाई भने असामान्य घटनाको संज्ञा दिएका छन् ।

आइतबार रुपन्देहीको भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै राउतले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिइएन भनेर संसद विघटन गर्नु कमजोरी भएको बताए ।

जनताले चुनावमा सहि व्यक्ति चयन गर्न नसक्दा व्यवस्था फेरिएपनि अवस्था नफेरिएको भन्दै अब हुने चुनावमा सहि व्यक्ति चुन्नुपर्ने उनको भनाइ थियो ।

नागरिक समाजका नाममा हुने गरेका आन्दोलन र विरोध कार्यक्रममा पनि राजनीतिक रंग देखिएको राउतको आरोप छ ।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्