Logo
७ असार २०८२, शनिबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.बाबुराम भट्टराई उपचारका लागि दिल्ली प्रस्थान

जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्योपचारको लागि नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

उनी नेपाल वायु सेवाको विमानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् ।लामो समयदेखि पेटको समस्या रहेका डा.भट्टराई काठमाडौँस्थित निदान अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उनलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरेपछि चिकित्सहरुको सल्लाह र सिफारिशमा उनी दिल्ली जान लागेका हुन् । दिल्लीको ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्स’मा उनको उपचार हुनेछ ।

उनीसँगै हिसिला यमी र उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन्।

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्