Logo
१३ बैशाख २०८१, बिहीबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानी बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा उर्लाबारीका धामी र भुजेलको मृत्यु

प्रदेश नं १ स्थित मोरङको उर्लाबारीमा पानी बोकेको गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण तीब्र गति भएको प्रहरीको भनाई छ ।

मृत्यु हुनेमा उर्लाबारी ८ का २३ बर्षिय प्रदिप धामी र २२ बर्षिय सुदिप भुजेल रहेका इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रदेश १-०१-००१क १०३५ नम्बरको पानी बोक्ने गाडी र को ३१ प ५१ स्कुटर एकआपसमा ठोकिदा दुर्घटना भएको हो । दुबै सवारी साधन र ट्रक चालक झापाको कमल गाउँपालिका ६ का ४३ बर्षीय भिम बहादुर दाहाल ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेको छ ।

 

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्