Logo
८ बैशाख २०८१, शनिबार
(February 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिवि सेवा आयोगले गर्यो ७ सय बढी प्राध्यापकको लागि दरखास्त आह्वान

त्रिवि सेवा आयोगको सात सय बढी प्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन गरेको हो ।

दरखास्त त्रिवि सेवा आयोगको वेबसाइटबाट भर्न सकिने आयोगले जनाएको छ । खुलारआन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिनुपर्ने छ ।

दोब्बर दस्तुर तिरेर चैत्र २१ गते राति १२ बजेसम्म आवेदन दिन सकिने छ । अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत हेर्न सकिने भनिएको छ ।

आयोगले आइतबार सूचना प्रकाशित गर्दै खुला तर्फ विभिन्न विषयका प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको छ ।

यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: Feb 21, 2021

प्रतिक्रिया दिनुहोस्