Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झाको नियुक्तीसँगै परियारको प्रतिकृया : ‘प्रतिनिधि सभाजस्तै ममाथी पनि ‘कू’ भयो’

प्रदेश २ प्रदेश प्रमुख (राज्यपाल) बाट बर्खास्तीमा परेका तिलक परियारले प्रतिनिधि सभाजस्तै आफूमाथी पनि ‘कू’ भएको बताएका छन् ।

शुक्रबार अपरान्ह ४ बजेतिर आफूलाई राष्ट्रपति कार्यालयबाट आएको पत्र पाएपछि मात्रै आफू पदमुक्त भएको जानकारी पाएको उनले बताए।

उनले प्रतिनिधि सभाजस्तै आफू पनि ‘कू’ मा परेको उनको कथन रहेको छ । ‘जसरी ‘कू’ गरेर प्रतिनिधि सभा विघटन गरियो, त्यसैगरी म पनि ‘कू’ मा परेको महसुस गरेको छु’ परियारले भने।

‘राष्ट्रपतिले एउटा पत्र पठाउनु भएको रहेछ। पत्र बुझेपछि पदमुक्त भएको जानकारी पाएँ’, परियारले भने, ‘यसअघि मलाई हटाउने कुनै प्रकारको संकेत कहीँबाट पनि आएको थिएन। अकस्मात यस्तो जानकारीसहितको पत्र प्राप्त भयो।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध सदैव राम्रै रहँदै आएको र आफूले आफ्नो जिम्मेबारी निर्वाह गर्दागर्दै हटाइको बताए। उनले यसको कारण नेकपामा आएको फुट हुन सक्ने बताए।

उनले आफू पदोलोलुप व्यक्ति नभएको बताउँदै आन्दोलनले जन्माएको पात्र भएका कारण पार्टीले त्यसैको फलस्वरुप मूल्यांकन गरेर प्रदेश प्रमुखमा नियुक्त गरेको कुरा स्मरण गरे।

उनले आफू बर्खास्तीमा परे पनि प्रदेशसभा विघटन गर्ने चर्चा चाहिँ आफूलाई विश्वसनीय नलागेको बताए। ‘प्रदेशसभा विघटन गर्छन् भन्ने मलाई लाग्दैन। ठूलो त्याग, बलिदान र संघर्षपश्चात संघीयता आएको हो।

यदि प्रदेशसभा विघटन भयो भने ठूलो आँधीबेहरी आउँछ। ठूलो मूल्य चुकाउनु पर्छ’, परियारले भने, ‘उनीहरुमा सद्वुद्धि छ भने त्यस्तो गर्दैनन्। मैले त्यस्तो सम्भावना देख्दिनँ।’

नयाँ प्रदेश प्रमुखमा राजेश झा नियुक्त

यसैबीच संघीय सरकारको सिफरिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम रौतहट निवासी झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख परियारलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताएका छन् ।

नेपालको संविधानको धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थाबारे उल्लेख गरिएको छ । जसअनुसार उपधारा (१) को (ख) प्रदेश प्रमुखको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने उल्लेख गरिएको छ ।

परियार तत्कालिन माओवादीको भातृ संगठन दलित मुक्ति मोर्चाको अगुवा रहेका थिए । पार्टीको सचिवालय सदस्य पनि रहेका परियार अन्तरिम व्यवस्थापिका संसदमा सांसद भएका थिए ।

२०६४ को पहिलो संविधानसभा चुनावमा बाँके क्षेत्र नं १ बाट परियार विजयी भएका थिए ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्