Logo
५ जेष्ठ २०८१, शनिबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन तोकिएकै मितिमा हुन्छ : दिनेश थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् ।उनले आगामी वैशाख १७ र २७ मा हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान समेत गरेका छन् ।

थपलियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको समेत स्पष्ट पारेका छन् ।पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै प्रमुखआयुक्त थपलियाले सरोकारवालाहरुको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरुत्तर दायित्व पूरा गर्न दृढ संकल्पित रहेको उल्लेख गरेका छन् ।

थपलियाले निर्वाचनको लागि विभिन्न तयारीहरु जारी राखिएको समेत उल्लेख गरेका छन् । निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।

थपलियाले भनेका छन्, ‘चुनावलाई आम सहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहनेमा आयोग छ ।’

 

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्