Logo
५ जेष्ठ २०८१, शनिबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन र जनताको अभिमतभन्दा विपरीत जाँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई कुबाटोमा धकेल्ने चेष्टाबाट मुलुकलाई जोगाउन नयाँ निर्वाचनमा जानु परेको बताएका छन् ।

७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’

देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले निर्वाचित मितिमा चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

प्रधानमन्त्रीले भने, ‘प्रणलीभित्रैबाट लोकतन्त्रलाई अस्थिरतातर्फ लैजान खोज्ने र कुबाटोबाट धकेल्ने चेष्टाबाट मुलुकलाई अघि बढ्न नदिन निर्वाचनमा जानु परेको छ । यसमा सबै निकायले आ आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । लोकतन्त्रलाई अलमलमा पार्ने खालका क्रियाकलाप कहीँ कतैबाट नहोस ।’

प्रधानमन्त्री ओलीले सोही अवसरमा शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन बाँकी रहेका विभिन्न समूहलाई पनि संविधानभित्रको मूल प्रवाहमा आउन आह्वान गरेका छन् ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दवहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्