Logo
५ जेष्ठ २०८१, शनिबार
(February 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर निर्वाचन आयोग जाँदै

नेकपाको दाहाल-नेपाल समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता बोकेर निर्वाचन आयोग जाँदै छ  ।

लामो समयदेखि पार्टी भित्रको विवाद नटुङ्गिएपछि आज बहुमत केन्द्रीय सदस्यसहित दाहाल-नेपाल समूह निर्वाचन आयोगमा जान लागेको हो ।

त्यसका लागि सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि असन्तुष्टि जनाउँदै दाहाल नेपाल समूहले विरोधका कार्यक्रम गर्दै आएको छ ।

नेकपाको आधिकारिकताको विषय नटुङ्गिदा विवाद झन् बढ्दै गएको छ । दुवै समूहले पार्टीको आधिकारिकता दाबी गरे पनि निर्वाचन आयोगले कुनै निर्णय गरेको छैन ।

निर्वाचन आयोगले दुवै समूहले गर्दै आएका निर्णय र कार्यक्रमलाई मान्यता नदिने बताएको छ ।सरकारको दबाबमा परेर निर्वाचन आयोगले आवश्यक निर्णय गर्न नसकेको दाहाल-नेपाल समूहले आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: Feb 19, 2021

प्रतिक्रिया दिनुहोस्