Logo
५ जेष्ठ २०८१, शनिबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च पुगे प्रधानमन्त्री ओली

अवहेलना मुद्दामा लिखित जवाफसहित प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालत पुगेका छन् ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नहुनुपर्ने हो ? जवाफसहित उपस्थित हुन आदेश दिएको थियो ।

सोही बमोजिम प्रधानमन्त्री ओली आज लिखित जवाफ लिएर आफैँ सर्वोच्च अदालतमा उपस्थित भएका हुन् ।अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए।

२०७७ माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध मुद्दा उनले मुद्दा हालेका हुन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गरेका थिए।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दायुक्त भएको भन्दै मुद्दा परेको हो। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले अवहेलना भएकाले हदैसम्मको कारबाही माग गर्दै रिट परेको थियो ।

 

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्