Logo
२३ बैशाख २०८१, आईतबार
(February 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्ध दाहाल-नेपाल समूहको आज मानव साङ्लो बनाएर विरोध प्रदर्शन

संसद् विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेकपा दाहाल-नेपाल समूहले आज काठमाडौँको टुाडिखेलमा मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्दैछ।

चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गगत आज दिउँसो ४ बजे टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध प्रदर्शन गर्न लागिएको हो। त्यसै गरी विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा पनि जारी विरोधका कार्यक्रम रहेका छन् ।

जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म चल्नेछ।यो समूहले गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको थियो । यस समूहले फागुन ५ गतेदेखि चौथो चरणको विरोधका कार्यक्रम सुरु गरेको छ।

विरोध कार्यक्रमहरु फागुन १५ गते सकिने छ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गत पुष ५ गते संसद् विघटन गरेपछि नेकपा दुई खेमा बनेको छ ।

नेकपा दाहाल-नेपाल समूहले निरन्तर संसद् विघटन विरुद्ध आन्दोलन गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 18, 2021

प्रतिक्रिया दिनुहोस्