Logo
१३ बैशाख २०८१, बिहीबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउथ अभिनेत्री कीर्ति सुरेश विवाह गर्दै

भारतीय साउथ अभिनेत्री कीर्ति शुरेश विवाह गदै छन् । पछिल्लो समयमा उनको विवाहको चर्चा भारतीय समाचारमले गरिरहेका छन् जसको कारण साउथ अभिनेत्री कीर्ति सुरेश पछिल्लो समय विवाहको कारण चर्चामा रहेकी छन् ।

उनले छिट्टै म्युजिक निर्देशक अनिरुद्ध रविचन्दरसँग विवाह गर्दैछिन् । दुवै लामो समयदेखि एकअर्कोको नजिकको सम्वन्धमा रहेका थिए ।

यद्पि विवाहको विषयमा कीर्ति र अनिरुद्धले भने अहिलेसम्म आधिकारिक धारण सार्वजनिक गरेका छैनन् ।
कीर्ति र अनिरुद्धले एकसाथ रेमो, थाना सेरधाकुटम र अगयाथवसी जस्ता फिल्ममा काम गरेका छन् । यी फिल्म पछि यी दुबै एकअर्कोको डेटमा रहेको समाचार बाहिर आएको थियो ।

कीर्तिको फ्यान फ्लोइङ पनि धेरै रहेको छ ।कीर्तिले कयौ साउथ फिल्ममा काम गरेकी छन् । जसमा तमिल, तेलगु र मलयालम भाषामा पनि रहेको छ ।

यसको अलवा उनी छिट्टै सुपरस्टार महेश बाबुको साथ फिल्म ‘सरकारु वारी पाटा’मा देखिनेछिन् ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्