Logo
२३ बैशाख २०८१, आईतबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपालको समूहको चौथो चरणको आन्दोलन शुरु

नेकपा दाहाल-नेपाल समूहले आजदेखि चौथो चरणको आन्दोलन शुरु गरेको छ ।

दाहाल -नेपाल समूहले आन्दोलनको कार्यक्रम अनुसार आजदेखि १२ गतेसम्म प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गरी चौथो चरणको आन्दोलन शुरु गरेको हो ।

उक्त आन्दोलन कार्यक्रम अन्तर्गत भोलि दाहाल नेपाल समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ ।

दाहाल-नेपाल समूहले तेस्रो चरणको कार्यक्रम फागुन १५ गतेसम्म तय गरेको छ । उक्त कार्यक्रममा अबको १० दिन सो समूहले विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्नेछ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा विभाजन भएको छ । एक समूहको ओलीले नेतृत्व गरेका छन् भने अर्को समूहो नेतृत्व प्रचण्ड- माधवले गरेका छन् ।

संसद् विघटन गरेपछि त्यसको विरोधमा दाहाल-नेपाल समूहले आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: Feb 17, 2021

प्रतिक्रिया दिनुहोस्