Logo
६ बैशाख २०८१, बिहीबार
(February 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा भोलिदेखि नि:शुल्क मिर्गौला परीक्षण गर्ने

काठमाडौं महानगरपालिकाले आफ्नो नगरका ३२ बटै वडाका स्थानीय बासिन्दाको भोलिदेखि नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ ।

मिर्गौला परीक्षणका लागि भोलि ५ गतेदेखि ६ महिनासम्म अभियान चल्ने छ । उक्त अभियानमा महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ ।

‘स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ’ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ ।

विभागले सार्वजनिक सूचना निकालेर वडामा रहेको सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गएर नि:शुल्क परीक्षण गराउन आग्रह गरेको छ ।

प्रकाशित मिति: Feb 16, 2021

प्रतिक्रिया दिनुहोस्