Logo
३१ बैशाख २०८१, सोमबार
(February 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ललिता निवास प्रकरण : नेपाल र भट्टराईविरुद्ध दर्ता भएको अभियोगपत्र बुझ्न सर्वोच्चको आदेश

ललिता निवास प्रकरणमा विशेष अदालतमा पूर्वप्रधानमन्त्री नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दर्ता भएको अभियोगपत्र बुझ्न सर्वोच्चको आदेश दिएको छ ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र हरि फुँयालको इजलासले उक्त आदेश गरेको हो ।

ललिता निवास प्रकरणमा माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतमा दर्ता भएको अभियोगपत्र बुझ्न आदेश गरेको हो ।

ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए ।

अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।

नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो ।

अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति: Feb 14, 2021

प्रतिक्रिया दिनुहोस्