Logo
२६ जेष्ठ २०८२, आईतबार
(February 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्वाचन आयोगले बोलायो चुनावको आचारसंहिताबारे छलफल गर्न सबै दललाई

चुनावको आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले आज सबै दलहरुलाई छलफलका लागि बोलाएको छ ।

निर्वाचन आयोगले आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको जानकारी दिएको छ ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र सो मस्यौदाबारे राजनीतिक दलहरुसँग छलफल गर्न लागिएको आयोगले जनाएको हो ।

छलफलका लागि आयोगले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरुलाई बोलाएको छ ।

दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ । संसद् विघटनसँगै नेकपा विभाजित भएको छ ।

एउटा समुहको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को समुहको नेतृत्व दाहाल-नेपाल गरेका छन् । दुवै पक्षले आधिकारिक नेकपा आफूहरु नै रहेको दाबी गर्दै आए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति: Feb 14, 2021

प्रतिक्रिया दिनुहोस्