Logo
३२ जेष्ठ २०८२, शनिबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपा स्थायी समिति सदस्य इस्लाम हवारीलाई ओलीद्वारा नेकपामा स्वागत

जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं पार्टीका युवा इन्चार्ज इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित विशेष कार्यक्रममा हवारीलाई नेकपामा स्वागत गरेका हुन् ।

स्वागतका क्रममा प्रधानमन्त्री ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामना समेत दिएका छन् ।

बीरगञ्ज निवासी हवारीसँगै जसपाका विभिन्न तहका नेता कार्यकर्ताहरु पनि पार्टी प्रवेशका क्रममा रहेको जानकारी कार्यक्रममा दिइएको छ ।

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्