नेता झलनाथ खनाल उपचारका लागि दिल्ली प्रस्थान
नेकपाका बरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल उपचारका लागि विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रथान गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
उनको उपचार भारतको नयाँ दिल्ली स्थित अपोले अस्पतालमा हुने छ । उनी केही दिन दिल्लीमा रहने छन्।
पारिवारिक स्रोतका अनुसार खनाललाई शरीर काँप्ने रोगरहेको छ र उपचारका लागि खनाल चीन जान चाहेका थिए।
तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली जान लागेका हुन्।यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए।
तर देशमा राजनीतिक उथलपुथल भइरहेको बेला उनी दिल्ली जानुलाई समेत अर्थपुर्ण रुपमा हेरिएको छ । भारत दाहाल नेपाल समुहबाट चिढिएको बेला उनी दिल्ली उड्न लागेका हुन् ।
प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध विदेशी शक्तिहरुको पनि साथ र सहयोग खोजिरहेका छन् ।केही दिन अगाडि जसपाका ठाकुर र यादव दुई नेता पनि भारत प्रस्थान गरेका थिए ।
पछिल्लो समयमा नेपालमा राजनीतिक उथलपुथल भइरहेको अवस्थामा नेपालका नेता एक पछि अर्को गर्दै प्रस्थान गरेका छन् ।
पछिल्लो समय भारतीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सुमधुर सम्बनध रहेको र भारतकै उक्साहटमा ओलीले देशमा वर्तमान परिस्थिती निम्त्याएको बताइन्छ ।