Logo
३१ बैशाख २०८१, सोमबार
(February 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनविरुद्धको रिटमा आजदेखि निवेदकले बहस गर्ने

संसद् विघटनविरुद्धको रिटमा आजदेखि निवेदकले बहस गर्ने भएका छन् ।

संसद् विघटनविरुद्धको रिटमा कानुन व्यवसायीहरुको बहस सकिएकाले आजदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गएको माघ १९ गतेदेखि बहस सुरु भएको थियो । आज रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।

रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्यूरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले बताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

प्रकाशित मिति: Feb 12, 2021

प्रतिक्रिया दिनुहोस्