Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारविरुद्ध विप्लवसहित चार दलको रणनैतिक मोर्चाद्वारा आन्दोलन घोषणा

नेत्रविक्रम चन्द विप्लवसहित चार दलको रणनैतिक संयुक्त मोर्चाले आन्दोलन घोषणा गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा सरकारविरुद्ध माघ २९ देखि फागुन १८ गतेसम्मका संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।जसमा फागुन ६ गते बुटवल, १४ गते धनगढी र १८ गते इटहरीमा जनसभा गर्ने मोर्चाले जनाएको छ ।

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार राजनीतिक दलले १५ सदस्यीय रणनीतिक संयुक्त मोर्चा घोषणा गरेका छन् ।

मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन् ।

कार्यक्रमामा मोर्चाको अवधारणा पनि सार्वजनिक गरिएको छ ।रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समितिमा सीपी गजुरेल, राम सिंह श्रीस, पवनमान श्रेष्ठ, सन्तोष बुढा, नवीनकुमार विश्वकर्मा, अज मोहम्मद, ऋषिराम कट्टेल, रामदुलार महतो, राजेश वान्तवा, जागृत रायमाझी, धनकुमारी सुनार र नविन रिजाल छन् ।

पछि तीन जना थपिने नेताहरुले बताएका छन् ।मोर्चाको पहिलो बैठकले अध्यक्ष र सचिव चयन गर्नेछ । साथै प्रदेश, जिल्ला र आवश्यकताअनुसार स्थानीय तहहरुमा समेत समिति गठन गरिने छ ।

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्