Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मानिसको जस्तै रगत रुखबाट आएपछि…!

के तपाईलाइ थाहा छ विश्वमा मानिसको जस्तै रगत बगने रुख छ भनेर? यदि थाहा छैन भने आज हामी तपाईलाई जानकारी दिन गइरहेका छौं ।

मानिसको रगत जस्तो तरल पदार्थ आउने रुखको नाम ड्रागन हो । ड्रागन रुखसँग अचम्म र अद्वितीय विशेषता छ । यो विश्वकै फरक प्रजातीको रुख हो ।

यसको बाहिरी आकार विशिष्ट छ । यसका पातहरु हाँगाको टुप्पोमा बाक्लो छाता जस्तै आकारमा रहेका हुन्छन् । उक्त रुखलाई काटिएको खण्डमा यसबाट मानिसको रगत जस्तो रातो तरल, र्‍याल आउछ, जसको कुनै गन्ध र स्वाद हुँदैन ।

यो चट्टानी मैदान र उच्च भेगमा पाइन्छ । यो सदावहार हरियो हुन्छ । जसकारण यसले धेरै वर्षसम्म पानी संरक्षण गरेर राख्न सक्छ । यस्ता रुखहरु आइसल्याण्ड र पश्चिमी मोरक्कोको नजिकै पाइन्छन् । यिनीहरु अरेबियन समुन्द्रमा अवस्थित छन् ।

यो रुखमा एन्टि–अक्सिडेन्ट फिनोलहरु र एन्टि-ज्वलनशील यौगीकहरु हुने भएकाले यसबाट मानिसको रगत जस्तो तरल पदार्थ आउछ ।

यसबाट आउने र्‍याल जस्तो तरलमा प्रभावकारी पदार्थ रहेको हुन्छ, जसलाई डार्को भनिन्छ । यो स्वस्थ्य समस्या समाधान गर्न धेरैजसो चिकित्सा क्षेत्रमा प्रयोग हुन्छ ।

यो औषधि उद्योगको एक भाग हो ।यसबाट निम्न उपचारका लागि औषधि बनाइन्छ ।

1.जलेको ठाँउमा लगाउन

2.घाउ निको पार्न

3.पेटसम्बन्धि रोगहरु उपचार ग

4.शरीरको कुनै भागबाट बगिरहेको रगत रोक्न

5.छाला रोगको उपचार गर्न

र्नडार्को अरु केही उद्योगहरुमा पनि प्रयोग गरिन्छ । यो मन्जन, मसि, पोलिश बनाउन, ऊन र मार्बलमा रंग लगाउन र लिपिस्टिक उद्योगहरुमा पनि प्रयोग हुन्छ ।

यो रुखले रातो मह बनाउछ जो विश्वमै सबैभन्दा बढी महंगो र स्वास्थ्यकालागि फाइदाजनक छ । यसको पातहरु डोरी बनाउन प्रयोग गरिन्छ । एजेन्सी

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्