Logo
३२ जेष्ठ २०८२, शनिबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरिएको बताएका छन् ।

प्रचण्डले झाँक्री पक्राउ पर्नुले धेरै सङ्केत दिएको भन्दै देशमा अब सत्ताको आलोचना गर्ने जो कोहीलाई पनि त्रास सिर्जना गराउने राज्यको मनसाय प्रष्ट भएको दाबी गरे ।

आदिवासी जनजाति राष्ट्रिय मगर सङ्घको पेरिसडाँडामा गरीएको भेलामा प्रचण्डले झाँक्रीलाई बुधवार (हिजो) पक्राउ गर्न बालुवाटारले जोडबल गरे पनि आफूहरूले त्यसको खबरदारी गरेको तर बिहीवार (आज) प्रहरीले पक्राउ गरेको बताएका छन् ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई आज पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको छ ।

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्