Logo
३० जेष्ठ २०८२, बिहीबार
(February 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारको असंवैधानिक कार्यमाथी प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने? : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले बर्तमान सरकारले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्नेकोे भन्दै आपत्ति जनाएका छन् ।

आज बिहिबार दाहाल नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यविरुद्धको कसूर आरोपमा प्रहरीले पक्राउ गरेको छ ।पक्राउ गरेपछि थापाले ट्वीट गरेका हुन्। त्यस्तै उनले सरकारलाई झ्यालखानाको संख्या पनि थप्न पनि भनेका छन् ।

थापाले ट्वीटमा भने ‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा अहिले राष्ट्रपति! सरकार झ्यालखानाको संख्या थप, किनकि सत्यको पक्षमा बोल्ने मुख तिमीले देखाएको त्रासले बन्द हुँदैन।’

प्रकाशित मिति: Feb 11, 2021

प्रतिक्रिया दिनुहोस्