झाँक्रीलाई पक्राउ गर्न ठूलो संख्यामा दंगा प्रहरी परिचालन, निवासअगाडि कार्यकर्ताको नाराबाजी
नेकपा दाहाल-नेपाल समूहकी नेतृ झाँक्रीलाई पक्राउ गर्न झाँक्रीको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।पहिले सादा पोशाकमा प्रहरी पुगे पनि अहिले त्यहाँ दंगा प्रहरी पुगेका छन्।
शंखमुलस्थित झाँक्रीको निवासअगाडि अहिले नेकपा कार्यकर्ताले नाराबाजी गरिरहेका छन्।‘हाम्रो झाँक्री हाई हाई, केपी ओली बाइबाइ’ लगायत नारा कार्यकर्ताले लगाइरहेका छन्। उनीहरूले प्रहरी दमन भएको भन्दैसमेत नाराबाजी गरिरहेका छन्।
नेतृ झाँक्रीले आफूलाई नियन्त्रयामा लिने हो भने पक्राउ पर्जी लिएर आउन प्रहरीलाई भनेकी छन् । झाँक्रीले आज निवासमा पत्रकारहरुसँग कुरा गर्दै भनिन् ’राजनीतिक मुद्दा हो । सडकमा लडिरहेका छौं, प्रतिवाद गर्छौं,’ , ‘पक्राउ पूर्जी लिएर आउनुस् भनेको छु ।’
राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएका थिए । झाँक्रीले पनि त्यो स्वीकार गरिन् ।
झाँक्रीले एक साता अगाडि गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी सम्बन्धी अभिव्यक्ति दिएकी थिइन्।