राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न प्रहरीले बोलायो रामकुमारी झाँक्रीलाई
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछ गर्न बोलाएको छ ।
राष्ट्रपति जस्तो सम्मानित संस्थाविरूद्ध अनर्गल प्रचार गर्ने काम गरेकाले उनलाई सोधपुछका लागि बोलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।
तर झाँक्रीले आउन अस्वीकार गरेकी छन् ।यसअघि झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति भण्डारीले सक्रिय राजनीति गरेको भन्दै आलोचना गरेकी थिइन्।
गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।