ओलीले जनताको पिडा नबुझे अब सिंहदरबार र बालुबाटर घेर्न आउँछन् : प्रचण्ड
नेकपा दाहाल नेपाल पक्षका अध्यक्ष पुष्पकमल डाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका पीडा नबुझ्ने हो भने अब सिंहदरबार र बालुवाटार घेर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन्। जरूरी पर्यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।’
उनलेप्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेको समेत बताए। प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध आज दाहाल-नेपाल समूहलेले विरोध प्रदर्शन गरेका हुन्।