Logo
३० जेष्ठ २०८२, बिहीबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकतन्त्र समाप्त पार्न लागेका छौं, ओली तिमीलाई धिक्कार छ : माधव नेपाल

नेकपा दाहाल-नेपाल समुहको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको बताएका छन्।

आज काठमाडौंमा आयोजित विरोध सभामा अध्यक्ष नेपालले भने, ‘आम नेपाली जनताले भनिरहेका छन् केपी ओलीलाई धिक्कार छ, जुन पार्टीले प्रधानमन्त्री पदमा पुर्‍यायो त्यही पार्टी सिध्याउन तिमी लागिरहेका छौं। लोकतन्त्र समाप्त पार्न लागेका छौं, तिमीलाई धिक्कार छ,’

नेपालले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले देशका विभिन्न ठाउँमा भइरहेका बलात्कार घटनामा कारवाही गर्न नसकेको पनि बताएका छन्।

ओलीको पाप कसैले पनि धोईपखाली गर्न नसक्ने उनको भनाइ छ। मदन भण्डारीलाई विर्सेर ओलीले पशुपतिनाथ जपिराखेको आरोप उनको थियो।

आफूहरू सुशासनका दिशातर्फ अगाडि बढ्न चाहेको उनको दाबी थियो। युवालाई रोजगारी दिन चाहेको पनि उनले बताए।ओली प्रतिगमनको प्रतीक भएको र पूर्वराजा ज्ञानेन्द्र शाह पथमा अगाडि बढेको आरोप नेपालको थियो।

ओलीसँग केही हजार मानिस मात्रै रहेको दाबी उनको थियो। ओली तर्क नभई धम्कीतर्फ लागिरहेको उनले बताएका छन्।

सूर्य चिन्ह आफूहरूसँग भएको र ओलीसँग बयलगाडाको चिन्हमात्रै रहेको दाबी उनको थियो।  जनमतमा विश्वास गर्ने भए ओलीले बहुमतको शासन मान्न तयार हुनुपर्ने उनले बताए।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्