झलनाथ खनाल भन्छन् : ‘मिस्टर ओली, अबको चुनावमा तपाईंको जमानत जफत हुनेछ’
नेकपा दाहाल -समूहका नेता झलनाथ खनालले अब दुई बर्षमा हुने चुनावमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने दावी गरेका छन् ।
आज काठमाडौंमा आयोजित विरोध सभामा बोल्दै खनालले भने, ‘मिस्टर ओली अब हुने चुनावमा तपाईको जमानत जफत हुनेछ। दुई वर्षमा चुनाव हुनेछ। तपाइले दरवार अगाडी केहि हजार मानिस जम्मा पारेर अब चुनाव जसरी पनि हुने र फेरि पनि दुई तिहाइ ल्याएर प्रधानमन्त्री बन्छु भन्नुभएको थियो अब दुई तिहाइ होइन त्यसबेला जमानत जफत हुन्छ।’
भाषणका क्रममा उनले भँगेरोको कथा सुनाए, ‘एउटा भँगेरो उडेर बाँसको टुप्पोमा गएर बसेछ । त्यही बेला कोही मानिसले बाँसलाई नुहाइदिएछ । भँगेरो उडेर आमा भएठाउँ गएर भनेछ-आमा म त धेरै वजनदार भइसकेँ । म बाँसको टुप्पोमा बस्दा त्यो नुहियो । तब आमाले भनिछे- हो बाबु तेरो खुट्टी हेर्दै थाहा भयो’, त्यसपछि उनले भने, ‘मिस्टर केपी ओली तपाईंको खुट्टी हेरेर हामीले थाहा पाइसक्यौँ । अबको दुई वर्षपछि हुने चुनावमा तपाईंको जमानत जफत हुने छ ।’
उनले प्रचण्ड(नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गरे। लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको खनालको भनाइ छ।
उनले यो आन्दोलन प्रचण्ड नेपाललाई प्रधानमन्त्री बनाउनको लागि मात्र आन्दोलन नगरेको यो आन्दोलन एउटा सिस्टमको लागि आन्दोलन गरेको बताएका छन् ।
उनले अबको राजनीति फरक शैलिबाट अगाडी बढनेछ र समाजबाट कृषि प्रणालीलाई अगाडी बढाइने छ भनेका छन् । खनालले यो आन्दोलन एक पार्टी र कुर्चीको नभई समस्त देशको तोकतन्त्र र स्थायित्वका लागि भएको र सबैले मिलेर संयुक्त आन्दोलन गर्न दलहरुलाई आग्रह गरेका छन् ।