संसद् विघटन गरेका ओलीलाई एक मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक अधिकार छैन : श्रेष्ठ
नेकपाका दाहाल-नेपाल समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि पदमा बस्न वैधानिक अधिकार नभएको बताएका छन् ।
आज दाहाल -नेपाल समूहले आज काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै श्रेष्ठले भने, ‘एक मिनेट पनि प्रधानमन्त्रीलाई पदमा बस्ने वैधानिक अधिकार छैन।’
प्रतिनिधि सभा विघटन गरेका बेला ओली संसदको सदस्य नभएको पनि उनले बताए। अर्को सरकार नबन्दासम्म यो कामचलाउ सरकार भएको जिकीर उनको छ ।
‘