Logo
३० जेष्ठ २०८२, बिहीबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाहाल-नेपाल समूहको काठमाडौंमा शक्ति प्रदर्शन {फोटोफिचर}

नेकपा-दाहाल नेपाल समुहको काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालिएको छ ।

जुलुसमा प्रतिगमन मुर्दावाद, बलतकारीलाई र्कावाइ गर, प्रतिनिधि सभा विघटन गर्न पाइदैन जस्ता नारालगाइरहेका छन् ।माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् ।

विरोधसभामा सहभागी गराउन दाहाल नेपाल समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत दाहाल नेपाल समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि दाहाल नेपाल समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्