Logo
३० बैशाख २०८१, आईतबार
(February 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजबाट पूनः बहस सुरु हुँदै

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमा आजबाट पुनः बहस सुरु हुदैँछ ।

न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु हुन लागेको हो ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।

संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् ।

हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संवैधानिक इजलासमा दुवै पक्षको बहस सकिएपछि एमिकस क्युरीले आफ्नो राय दिने छ ।

प्रकाशित मिति: Feb 10, 2021

प्रतिक्रिया दिनुहोस्